संघ \संस्था

सेनाले काँकरभिट्टामा एक हजार क्षमताको होल्डिङ सेन्टर बनाउदैं

झापा, बैशाख १८ । नेपाली सेनाले काँकरभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा होल्डिङ सेन्टर निर्माण गर्न थालेको छ ।श्रीनाथ गणबाट क्याप्टेन बिजय निरौलाको कमान्डमा गएको टोलीले काँकरभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रवारदेखि होल्डिङ सेन्टरको पूर्वाधार निर्माणको काम सुरु गरेको हो ।

पहिलो दिन सेनाको टोलीले खेल मैदानको आधा भाग ओगट्ने गरी रेखाङ्कन गरेको छ भने बाँस लगायतका सामग्री किनेर घेराबेरा बनाउन थालेको छ । यहाँ
बन्न लागेको हो ।

गत वर्ष यही मैदानमा होल्डिङ सेन्टर सञ्चालन गरिएको थियो । पछि विद्यालय र होटल व्यवसायीहरुले आन्दोलन गरेर त्यहाँबाट होल्डिङ सेन्टर हटाएका थिए ।

अहिले फेरि आवश्यकताले त्यही स्थानमा होल्डिङ सेन्टर बनाउने बाध्यता भएको छ ।

काँकरभिट्टा नाका नजिक एक हजार क्षमताको होल्डिङ सेन्टर बनाउन अर्को उपयुक्त स्थान फेला नपरेपछि सरकारले खेलमैदानमै बनाउने निर्णय गरेको हो ।

होल्डिङ सेन्टर हटाउनु पर्छ भनेर गत वर्ष आन्दोलन गर्ने कतिपय होटल व्यवसायीहरु नै अहिले होल्डिङ सेन्टर बनाउन सघाउन पुगेका छन् ।