काठमाडौं, बैशाख १८ । नेपालमा पछिल्लो १४ घण्टामा थप ५ हजार ७६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
१४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
नेपालमा थप १९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया ३ हजार २९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

