झापा, बैशाख २३। झापाको मेचीनगरस्थित मेची पुलमा विहिबार एक भारतीय मजदुरकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा भारतकाे उत्तर देशानपुर जिल्ला ठाकुरवाडाका २६ वर्षीय भुवन पुजारी रहेका छन्।
उनी विगत २ बर्षदेखि नुवाकोट बिदुर नगरपालिका _३ बुटवलकाे प्लाई कम्पनी कार्यरत रहेका थिए । आज बिहान ६: ३० बजे मेची पुलमा आएका उनी जण्डीसको बिरामी भई रहेका इलाका प्रहरी कार्यलयका प्रमुख सुनिल दाहालले जानकारी दिए । ।
उनकाे सव कानुनी प्रक्रिया पुरा गरि भारत पठाउने पहल भई रहेको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख सुनिल दाहालले जानकारी दिए ।

