काठमाडौं, बैशाख २३ । आकस्मिक रुपमा पार्टीको स्थायी कमिटी बैठक बोलाएर बैठक लगत्तै राष्ट्रपति भेट्न शीतल निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ मन्त्रिपरिषद बैठक बोलाएका छन्।
बैठकको कार्यसूची सार्वजनिक नगरिए पनि प्रधानमन्त्री दौडधुपपछि बोलाइएको मन्त्रिपरिषदको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
कतिले यसलाई नियमित बैठक भनेका छन् भने कतिले अनेक निर्णयहरू हुने आशंका व्यक्त गरेका छन्।
आफ्नो सरकारले विश्वासको मत लिनका लागि संसद बैठक अघि प्रधानमन्त्री ओलीले राजनीति दौडधुपलाई तीब्र बनाएका छन्।

