स्वास्थ्य

काँकरभिट्टाका अर्का कोरोना संक्रमितको निधन

मेचीनगर, बैशाख २६। मेचीनगर–६ काँकरभिट्टाका अर्का कोरोना संक्रमितको निधन भएको छ ।

वडाध्यक्ष ललितबहादुर तामाङका अनुसार ६० बर्षीय पुरुषको उपचारको क्रममा नोबेल मेडिकल कलेज विराटनगरमा निधन भएको हो ।

मृतकलाई २४ गते शुक्रबार उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबार बेलुकी १० बजे उनको निधन भएको वडाध्यक्ष तामाङले बताए ।

मृतकको अन्त्यष्टि विराटनगरमै गर्ने तयारी भइरहेको छ ।
योसंगै मेचीनगरमा कोरोनाको दोस्रो लहर चले यता निधन हुने कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।
मृतक तीनै संक्रमित वडा नम्बर ६ का रहेका छन् ।