स्वास्थ्य

झापामा थप १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि

झापा, बैशाख २६। आइतबार झापामा थप १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमित हुनेहरूमा १ सय २० जना पिसिआर र ३२ जना एन्टिजेन विधिबाट परिक्षण गर्दा पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  आज संक्रमण पुष्टिहुनेहरूमा दमक नगरपालिकामा ५५, मेचीनगर २२, बाह्रदशी १६, अर्जुनधारा १६, बिर्तामोड १२, भद्रपुर ११, Read More…

समाचार

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

काठमाडौं, बैशाख २६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । आइतवार दिउँसो मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सीता पौडेल समक्ष राजीनामा बुझाएका हुन् । मुख्यमन्त्री गुरुङमाथि प्रदेशसभामा पेस भएको अविश्वासको प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची थियो । यसअघि नै मुख्यमन्त्री गुरुङले राजीनामा दिएर पुनः मुख्यमन्त्री नियुक्त हुन खोजेको बुझिएको छ ।

शिक्षा

एसइई र कक्षा १२ को परीक्षाको तयारी अन्तिम चरणमा

काठमाडौँ, बैशाख २६ । कक्षा १० (एसइई) र कक्षा १२ को परीक्षाको तयारी अन्तिम चरणमा पुगेकाे छ । जेठ १३ देखि एसइई र जेठ २६ देखि कक्षा १२ को तय भएको परीक्षाकाे तयारी अन्तिम चरणमा पुगेकाे राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे छ । काेराेना महामारीका कारण परीक्षामा के हुने भन्ने अझै अन्योल छ । सरकारले देशभरका शैक्षिक संस्था बन्द Read More…

स्वास्थ्य

काँकरभिट्टाका अर्का कोरोना संक्रमितको निधन

मेचीनगर, बैशाख २६। मेचीनगर–६ काँकरभिट्टाका अर्का कोरोना संक्रमितको निधन भएको छ । वडाध्यक्ष ललितबहादुर तामाङका अनुसार ६० बर्षीय पुरुषको उपचारको क्रममा नोबेल मेडिकल कलेज विराटनगरमा निधन भएको हो । मृतकलाई २४ गते शुक्रबार उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबार बेलुकी १० बजे उनको निधन भएको वडाध्यक्ष तामाङले बताए । मृतकको अन्त्यष्टि विराटनगरमै Read More…

राजनीति

पार्टी एकता टर्दै, यस्तो छ ओली नेपालको अवस्था

काठमाडौं, बैशाख २६ । नेकपा एमालेको विभाजन रोक्ने प्रयास सफल नभएपछि माधव नेपाल पक्षका सांसदहरुले वैशाख २७ गतेको प्रतिनिधिसभा अधिवेशन अघि नै राजिनामा दिने भएका छन् । यसबीचमा भएका वार्ता सफल नभएको र कांग्रेस–माओवादी गठबन्धनसँग राष्ट्रियसभा उपनिर्वाचनदेखि केपी ओली सरकार ढाल्नेसम्मको सहकार्य अघि बढिसकेकाले तत्काल पार्टी एकताको सम्भावना टरेको माधव नेपाल पक्षले जनाएको छ । Read More…

खेलकुद

बार्सिलोना र एट्लेटिको बराबरी

काठमाडौं, बैशाख २६ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदानमा शीर्ष स्थानको एट्लेटिकोसँग गोलरहित बराबरीमा रोकिएको हो । बराबरीसँगै एट्लेटिकोले ३५ खेलमा ७७ अंक जोडेको छ । शीर्ष स्थानको एट्लेटिको बार्सिलोना भन्दा २ अंकले मात्र अघि रहेको छ । दोस्रो स्थानमा रहेको Read More…