स्वास्थ्य

झापामा थप १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि

झापा, बैशाख २६। आइतबार झापामा थप १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज संक्रमित हुनेहरूमा १ सय २० जना पिसिआर र ३२ जना एन्टिजेन विधिबाट परिक्षण गर्दा पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

आज संक्रमण पुष्टिहुनेहरूमा दमक नगरपालिकामा ५५, मेचीनगर २२, बाह्रदशी १६, अर्जुनधारा १६, बिर्तामोड १२, भद्रपुर ११, कमल ६, बुद्धशान्ति, गौरादह, शिवसताक्षीमा ३ ३ जना, कनकाइ र कचनकलमा १ १ जना छन भने अन्यको ठेगाना नखुलेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरानाका कारण आज झापामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी ९ का ७७ बर्षिय पुरुष र बिर्तामोड ८ का ६५ बर्षिय पुरुष रहेका छन् ।

झापामा कुल संक्रमितको संख्या ६ हजार २३४ पुगेको छ, भने मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।