संघ \संस्था

कचनकवलमा जेष्ठ नागरिक सघंको दोस्रो अधिबेशन तथा चौथो साधारणसभा सम्पन्न

झापा, बैशाख ०९ । कचनकवल गाँउपालिका वडा नं ६ मा रहेको जेष्ठ नागरिक सघंले चौथो साधारणसभा तथा दोस्रो अधिबेशन सम्पन्न गरेको छ । उक्त कार्यक्रमको उद्घाटन प्रमुअ अतिथि प्रदेश सभा सामसद बसन्त बानियाले गरेका थिए ।

कचनकवल ६ स्थित बनियानिको सामुदायिक भवनमा सोमबार आयोजना भएको कार्यक्रममा जिल्ला जेष्ठ नागरिक सघंका सदस्य डल्लिराज नेपाल , कचनकवल गाउँपालिका जेष्ठ नागरिक अध्यक्ष टिकादत अकेला, , कचनकवल गाँउपालिका वडा नं ६का वडा अध्यक्ष कुल बहादुर कार्कीलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधि, पत्रकारलगायत स्थानिय जेष्ठ नागरिकहरुको बाक्लो उपस्थीति रहेको थियो । सोही कार्यक्रमको अवसरमा १५० जना नागरिकलाई पुरस्कार सहित सम्मान गरिएको थियो ।

जेष्ठ नागरिक सघंको अध्यक्ष जय बहादुर कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रमको स्वागत मन्तब्य रघुनाथ अर्याल र सञ्चालन तुलसि प्रसाद दाहालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.