संघ \संस्था

लम्की जेसीजद्धारा साहरा घरमा खाद्यन्न वितरण

बाहुण्डाँगी, जेठ, ११ । लम्की जेसीजले सहयोगी हातहरुद्धारा सञ्चालित साहरा घरमा आश्रित व्यक्तिहरुका लागि खाद्यनन वितरण गरेको छ । नेपाल जेसीजका राष्टिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालको जन्मोत्सवको अवसर पारेर शाखाले खाद्यन्न वितरण गरेको हो ।

शाखाका अध्यक्ष घनश्याम डाँगीको अध्यक्षतमा भएका खाद्यन्न वितरण कार्यक्रममा २ सय केजी चामल, ५ केजी सोयाविन, २० केजी आलु, ५ केजी नुनु, ६ केजी दाल, ५ लिटर तेल, ५ पाकेट सावुन, ५ पाकेट मसलालगायका सामाग्री वितरण गरिएको अध्यक्ष डाँगीले बताउनु भयो । वितरण कार्यक्रममा महासचिव रजबहादुर थापा, कोषाध्यक्ष ललित देउवा, स्वासथ्य संयोजक भरत खनाल, शाखा सम्पादक कल्पना तिम्सिना, अन्जली श्रेष्यठ, पदम ओझा, भिमविसि लगायतको सहभागिता रहेको थियो ।