झापा, जेठ १२ । पछिल्लो २४ घण्टामा झापाका थप १३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ६४ जना महिला रहेका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमित हुनेहरुमा पीसीआर परीक्षणबाट ११८ र एन्टिजेनबाट २० जना रहेका छन् । सबैभन्दा बढी दमक नगरपालिकाका २७ जना महिलासहित ५८ जना संक्रमित रहेका छन् ।
यसैगरी, मेचीनगरका ९ महिलासहित २१ जना, गौरादहका १० महिलासहित १७ जना, हल्दिबारीका ८ महिलासहित १८ जना, कमलमा ३ महिलासहित ७ जना, बिर्तामोडमा २ महिलासहित ५ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
यस्तै, अर्जुनधारामा २ महिला र १ पुरुष, बाह्रदशी, भद्रपुर र शिवसताक्षीमा १-१ महिला र १-१ पुरुष, बुद्धशान्ति, कचनकवल र ठेगाना नखुुलेका १-१ जना पुरुष पनि संक्रमित भएका छन् ।
यो सँगै झापामा कुल संक्रमितको संख्या पीसीआरतर्फ ९ हजार ६३२ र एन्टिजेनतर्फ ६३६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३ हजार ८४३ रहेको छ ।
पछिल्लाे २४ घण्टामा झापाका ७ जनाले ज्यान गुमाएका छन् । जसमा बिर्तामाेडका ३ जना, भद्रपुरका २ जना, गाैरीगञ्ज र गाैरादहका १-१ जना रहेका छन् ।
आज ८१ जनाले कोरोना जितेर घर फर्किएका छन् । यो सँगै झापामा कोरोनामुक्त हुनेको संख्या ५ हजार ५२८ रहेको कोभिड फोकल पर्सन जीवन चम्लागाईंले जानकारी दिएका छन् ।

