काठमाडौं, जेठ १३ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच बुधबारसाँझ अढाई घण्टा भेटवार्ता भएको छ ।
संसद् (प्रतिनिधिसभा) विघटन गरेपछि विपक्षीको चर्को दबाबमा परेका प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट गरेका हुन् । ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए ।
प्रधानमन्त्री र राष्ट्रपतिबीच साँझ ६ बजेदेखि राति ८ः३० बजेसम्म छलफल भएको स्रोतले बतायो । पछिल्लो समय प्रधानमन्त्री र राष्ट्रपति संसद विघटनविरुद्ध उत्रिएका विपक्षी दलहरुको राजनीतिक र कानुनी दबाबमा परेका छन् ।

