
युवराज आचार्य
झापा, बैशाख ०९ । मेचीनगरकी देवीमाया मेचे अब आफ्नै घरमा बस्न पाउने भएकी छिन् ।

सोमबार एक कार्यक्रमका बिच नेपाली कांग्रेसका प्रवक्त विश्वप्रकास शर्मा मेचीनगर प्रमुख विकल आचार्य, नेकपाका नेता बिष्णु प्रसाई, प्रेस चौतारी झापा जिल्ला अध्यक्ष मुक्ति पौडेल, मेचीनगर ७ का वडा अध्यक्ष चन्दन मेचेलगायतको आतिथ्यतामा मेचेलाई नवनिर्मित घर हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधि, सहयोगि दाताहरु, पत्रकारलगायत स्थानियहरुको बाक्लो उपस्थित रहेको थियो ।

गहभरी आशु पार्दै विगतको त्यो दर्दनाक अवस्था सम्झिदै भावुक बनेकी देवीमाया आफ्नै नया पक्की घरमा बस्न पाउनु आफ्नो पति गुमाए पनि सहयोगी हातहरु भगवान भएर आएको बताउछिन् ।

कान्छी छोरी जन्माएको पाँच दिनमा उनको पतिको मृत्यु भएको थियो । आर्थिक अवस्था कमजोर भएकी सुत्केरी असाहय महिला दुई छोरीकी अभिभावक उनि पतिको मृत्यु भए संगै साहारा विहिन भएकी थिईन । पतिको कामकाज गर्न समेत उनिसंग पैसा थिएन । सुत्केरी त्यसमा पनि असाहय अनि दुई छोरीको जिम्मेवारी उनकै कादमा आएको थियो । मेचेलाई उनि संगै दुई छोरीको पालन पोषण गर्न र दुई छाक खान पनि धउधउ परेको थियो ।

त्यस्तो समस्या देखे पछि झापामा रहेका पत्रकारहरुले मेचेको त्यो दयनिय अवस्थाको विषयमा समाचर प्रकाशन गर्दै सबै सहयोगी मनहरुलाई सहयोग गर्न आग्रह समेत गरेका थिए । जसका कारण सहयोगी मनहरु एकजुट भई आर्थिक सहयोग जुटाएका थिए । समितिले देश तथा विदेशबाट सहयोग गरेको रकमबाट मेचीनगर–९ स्थित नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले खरीद गरी प्रदान गरेको सात धुर जग्गामा ६ लाख २० हजारको लागतमा निर्मित चार कोठे टिनको छानो र इँट्टाको पर्खाल भएको चारकोठे पक्की घर बनाएर देवीमाया मेचेलाई हस्तान्तरण गरेको छ ।
देवी मेचेलाई सहयोगी मनहरुले आवश्यक विभिन्न सामानहरु समेत सहयोग गरेका छन् । त्यस्तै दुई छोरीहरुलाई धुलाबारी स्थीत इष्ट होराईजन माविले कक्षा १२ सम्म निशुल्क अध्ययन गराउने जिम्मा लिएको छ ।
सहयोग समितिका संयोजक विजय डालिमियाको अध्यक्षतामा सम्पन्न भएको देवीमायाको घर हस्तान्तरण कार्यक्रममा स्वागत समितिका सुशिल आचार्य र सञ्चालन सचिव टिका मग्रान्तीले गरेका थिए ।

