बाहुण्डाँगी, जेठ । कोरोना महामारीको दोस्रो लहर सुरु भएदेखि निरन्तर अभियानमा होमिएको तुलसीपुरनगर जेसीजल ‘मानवाताको सेवा नै जिवनको सर्बोत्तमा कार्य हो’ भन्ने जेसीजको मुल मन्त्रलाइ आत्मसाथ गर्दै थालेको अक्सिजनको लागी सहयोग संकलन अभियानबाट बचेको रकमबाट अस्पतालहरुलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । सुरुका दिनदेखि खाद्यन्न वितरण, कोरोना आइसोलेसनका लागि रकम सहयोग, अक्सिन संकलन, वितरण, विरामीहरुलाई अस्पताल लैजाने, रगत अभाव भएकाहरुलाई रगत संकलन गर्ने, घरदैलोमा पुगेर राहत वितरण गर्नेस्वास्थ्य सामाग्री वितरण तथा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गर्दै आएको छ । यसैक्रममा बुधबार तुलसीपुर स्थित मेट्रो अस्पताललाई १ थान स्मार्ट टिभि, ५ प्याकेट माक्स, ५ लिटर सेनिटाइजर र २० कार्टुन पानी सहयोग गरिएको अध्यक्ष नारायण भट्टराईले जानकारी दिनु भयो ।

त्यसैगरि दंगीशरण गाउँपालिकाको कोभिड अस्पताललाई उपचाररत बिरामीको लागि खाना नास्ताको लागी नगद दश हजार, ५ लिटर सेनिटाइजर, ५ प्याकेज माक्स र १६ कार्टुन पानी वितरण गरिएको हो । त्यस्तै बबई गाउँपालिकाको कोरोना अस्पताललाई उपचाररत बिरामीको लागि खाना र नास्ताको लागि दश हजार सहयोग, ५ लिटर सेनिटाइजर , ५ प्याकेज माक्स र १६ कार्टुन पानी र शान्तिनगर कोरोना अस्पताललाई १७ कार्टुन पानी, ५ लिटर सेनिटाइजर , ५ प्याकेज माक्स हस्तान्तरण गरिएको कार्यक्रम संयोजक प्रवेश भुषालले बताउनु भयो ।
स्मरण रहोस हालै मात्र कोरोनाका महामारीमा गरेको कार्यको मुल्याकन गर्दै नेपाल जेसीजले सम्मान समेत गरेको छ ।

