राजनीति

एमाले नेपाल-खनाल समुह केन्द्रीय कमिटीको बैठक आज पनि जारी

काठमाडौं, जेठ २१ । नेकपा एमाले माधव नेपाल- झलनाथ खनाल समुहको केन्द्रीय कमिटीको बैैैठक आज पनि जारी रहेको छ ।

बुधवारबाट सुरु भएको बैठक केन्द्रीय सदस्यहरुले बोल्ने क्रम नसकिएपछि आज दोस्रो दिन पनि बसेको हो।

कोरोना संक्रमणका कारण भेला ‘भर्चुअल’ माध्यमबाट बसिरहेको छ। आजको भेलामा एमालेबाट निष्कासनमा परेका नेता माधव नेपालले विशेष सम्बोधन गर्ने बताइएको छ।

भेलामा एमाले एकताका लागि दोस्रो तहका नेताहरुले गरिरहेको पहल र संस्थापन पक्षले गरेको कारवाहीलाई लिएर ठोस् रणनीति बनाउने बताइएको छ।