झापा, असार २ । जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर रोकथाम तथा न्यूनीकरणका लागि बैशाखबाट जारी गरिएको निषेधाज्ञा असार १ गतेबाट केही खुकुलो भएको छ ।
डिसीसीएमसीको बैठकले जारी निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गर्दै असार ७ गते राति १२ बजेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो।

जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल र बजारमा भिडभाड बढेको छ ।
झापामा यो पटकको निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्रीका पसल खाद्यान्न, फलफुल, तरकारी, माछामासु, दुध, डेरी, पुस्तक पसल तथा हार्ड वेयर पसल प्रत्येक दिन विहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
मल खाद्य, वीउविजन, चल्ला तथा दाना एवम् पशुपंक्षीका आहार सम्बन्धी पसल विहान १० बजेदेखी ५ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ ।
यस अघिको निषेधाज्ञामा अत्यावश्यक सामग्रीका पसल आइतबार र बुधबार विहान ६ बजेदेखि ९ बजेसम्म खोल्न दिईएको थियो ।

