राजनीति स्वास्थ्य

खड्काले दिए नेपाली काँग्रेस चुलाचुलीलाई एम्बुलेन्स सेवाका लागि बोलेरो

इलाम, असार २ । अहिलेको विषम् परिस्थितिमा बिरामीलाई उपचारमा सहयोग पुर्याउन ईलामका एक व्यक्तिले बोलेरो गाडी एम्बुलेन्स सेवाका लागि सहयोग गरेका छन् ।

नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि डम्बरबछहादुर खड्काले नेपाली काँग्रेस चुलाचुली गाँउपालिका कार्यसमिति मातहतमा रहने गरी ना १ ज ६५६९ नम्बरको बोलेरो गाडी नि:शुल्क प्रदान गरेका हुन् ।

नागरिकको स्वास्थ्य उपचारमा सहज होस् भनेर आफुले नि:शुल्क एम्बुलेन्स सेवाका लागि गाडी सहयोग गरेको बताए ।

बुधबार एक कार्यक्रमका बिच खड्काले चुलाचुली गाउँपालिकाकाे काँग्रेस पार्टी कार्यलयमा बोलेरो गाडीसंगै २ थान अक्सिमिटर, पिपि सेट ४ थान, सेनिटाईजर १० बोतल, माक्स २ हजार थान लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् ।

अब उक्त गाडीले बिरामीहरूलाई नि:शुल्क सेवा प्रदान गर्ने नेपाली काँग्रेस चुलाचुली गाँउपालिका उपसभापति नरेन्द्रकुमार वान्तवाले जानकारी दिए ।

नि:शुल्क एम्बुलेन्स सेवाका लागि सम्पर्क नम्बर चालक दिनेश देवान ९८१४९६४७७५ र लक्ष्मण श्रेष्ठ ९८०८२९९५१६ मा सम्पर्क गर्न सकिने नेपाली काँग्रेस चुलाचुली गाँउपालिका सचिव त्रिलोचन गौतमले बताए ।