काठमाडौं, असार २ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार सुरु भएको छ ।
थापाथलीस्थित नर्भिक अस्पतालमा तीन दिनदेखि उपचार गराउँदा पनि सुधार नभएपछि थप उपचारका लागि भारत लगिएको हो।
अत्याधिक ज्वरोसहित रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई आज दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो ।

