मेचीनगर, असार २ । झापाको मेचीनगर नगरपालिकामा एक व्यक्ति मृत फेला परेका छन् ।
मेचीनगर ५ स्थित अधेरीका ४० बर्षिय भिमराज लिङ्देन (अजय) मृत अवस्थामा फेला परेका हुन् । उनलाई मेचीनगर ५ स्थित अधेरीको ईट्टाभट्टा छेउमा खुट्टामा लगाउने कपडाको क्रायक ब्याण्डिसले घाटीमा बाधेर मारेको अवस्थामा फेेेेला पारेको स्थानियले बताए ।
अहिले घटनास्थलमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोली पुगिसकेको छ । प्रहरीले घटनासम्बन्धि थप अनुशासन सुरू गरेको जनाएको छ ।

