खेलकुद

दुहबी गोल्डकपको उपाधि दाउफिन्सको पोल्टामा

काठमाण्डौं, चैत २३ । क्यामरुनको दाउफिन्स फुटबल क्लबले तेस्रो संस्करणको मनमोहन दुहबी गोल्डकपको उपाधि जितेको छ ।

शनिबार भएको फाईनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा पराजित गर्दै दाउफिन्सले उपाधि आफ्नो पोल्टामा पारेको हो । यो उपाधिसँगै दाउफिन्सले मोफसलका प्रतियोगितामा आफ्नो बर्चश्व कायम गर्दै पाँचावटा प्रतियोगिता आफ्नो कब्जामा पार्न सफल भईसकेको छ ।
उसले यसअघि मनकामना केबलकार पोखरा कप, बुढासुब्बा गोल्डकप, तिल्लोत्तमा गोल्डकप र केही दिन अगाडी मात्र माईभ्याली गोल्डकपको उपाधि जितेको थियो ।

अत्यन्तै प्रतिस्पर्धात्मक खेल खेलेका दुवै टिमले पाएका विभिन्न अवसरहरु सदुपयोग गर्न सकेका थिएनन् । जसले गर्दा निर्धारित समयमा कुनै गोल गर्न सकेनन । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।

विजेता टिम दाउफिन्सले नगद ६ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता बनेको त्रिभुवन आर्मी क्लबले ३ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

Leave a Reply

Your email address will not be published.