संघ \संस्था

मेचीनगर २ वडा कार्यालयद्वारा स्वास्थ्य स्वयंसेविका र कृषकलाई नगदसहित सम्मान

मेचीनगर, असार २७ । तीन दशक अघिदेखि स्वास्थ्य स्वयंसेवकको रूपमा अनवरत लागि परेका मेचीनगरका स्वास्थ्य स्वयंसेविका र वडाका दुई उत्कृष्ट कृषकलाईलाई मेचीनगर २ वडा कार्यालयले नगदसहित सम्मान गरेको छ ।

वडा कार्यालयले आईतवार एक कार्यक्रम बिच विस २०४७ सालदेखि निरन्तर स्वास्थ्य स्वयंसेवकको रूपमा कार्य गरिरहेका स्वयंसेविका तुलसा नेपाल र इन्दिरा न्यौपानेलाई जनही नगद २५ हजार र सम्मान पत्र सहित खदा पहिराएर सम्मान गरेको छ ।

सुविधाको अभावको बाबजुद पनि ग्रामीण क्षेत्रमा रहेर थुप्रै को ज्यान बचाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा थप हौसला प्रदान गर्न थोरै भएपनि नगदसहित सम्मान गरिएको मेचीनगर २ का वडाध्यक्ष तिलक न्यौपानेले बताए ।

त्यस्तै वडा कार्यालयले सोही अवसरमा वडाका दुई उत्कृष्ट कृषकलाई पनि नगदसहित सम्मान गरेको छ ।

वडामा कृषि फार्म मार्फत व्यवसायीक कृषिमा टेवा पुर्याएका सिएम एग्रीकल्चर फार्मका सञ्चालक चुडामणि मगर र कानुङ बङ्गुर फार्मका सञ्चालक पर्वत राम रानामगरलाई जनही नगद ५० हजार र सम्मान पत्र सहित खदा पहिराएर सम्मान गरेको मेचीनगर २ का वडा सचिव राजेन्द्र राईले बताए ।

सम्मान कार्यक्रममा वडा सदस्यहरू सुरेश घिमिरे, बेनु राई, सिता मोतेलगायत विभिन्न राजनीति पार्टीका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो ।