काठमाडौँ, भदौ ५ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टिमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ ।
लम्जुङको पुस्तुनमा १९७६ असोज ७ गते जन्मिएका घिमिरेको १०२ वर्षको उमेरमा मंगलबार साँझ करिब ६ बजे निधन भएको थियो ।

बुधबार बिहान गौशालास्थित पशुपति आर्यघाटमा राजकीय सम्मान साथ उहाँको अन्येष्टि गरिएको थियो । उपप्रधान तथा मन्त्री ईश्वर पोखरेलले उहाँको पार्थिव शरीरमाथि नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेको मृत्युप्रति शोक प्रकट गर्दै खर्च व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिनु भयो ।

