समाचार

झापाको दमकमा सवारी दुर्घटना: होटेल व्यवसायी दम्पतीको मृत्यु

झापा, श्रावण १३ । झापाको दमक स्थित ताराबारी चिया बगान नजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सुरुङ्गाका हेवन होटलका संचालकद्धय विष्ट दम्पत्तीको घटना स्थलमै मृत्यु भएको छ ।

गएराती साढे १० बजे दमक चिया बगानमा मोटरसाईकलमा रहेका होटल हेवनका संचालक ४३ बर्षिय पुर्णबहादुर बिष्ट (राज ) र उनकी श्रीमती ३६ बर्षिय हिमा विष्टको घटनास्थलमै मृत्यु भएको हो ।

उनीहरु सवार प्र२/०३/०१३ प ४७८७ नम्बरको वार पश्चिमबाट पुर्वतर्फ जादै मोटरसाईकललाइ ना४ ख ८७३० नम्बरको विपरित दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो ।

घाइतेहरुलाई उपचारका लागि लाइफलाइन अस्पताल लादै गर्दा बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनापछि ठक्कर दिने ट्रक र ट्रक चालक विराटनगर ४ बस्ने ४८ वर्षिय सुजन थापालाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।