काठमाडौं, साउन १८ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित भएको हल्ला मात्रै बताएको छ । कक्षा १२ को परीक्षा स्थगित भएको चर्चा सामाजिक सञ्जालको हल्ला मात्र रहेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए ।
‘केही अनलाइनले परीक्षा स्थगित भएको भनेर लेखेछन् । अहिलेसम्म त्यस्तो केही निर्णय भा’छैन,’ पौडेलले भने, ‘सकेसम्म निर्धारित समयमै परीक्षा सञ्चालन गर्ने हाम्रो कोशिस रहन्छ । परिस्थितिले रोक्नुपर्ने बनाएमा सूचना निकाल्छौँ ।’
परीक्षा तालिकाअनुसार यही ३१ साउनदेखि ९ भदौसम्म ‘होमसेन्टर’मै परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ ।

