स्वास्थ्य

“कोभिड १९” के हो ? यस्ता छन् यसका लक्षण र बच्ने उपाय !

हाल विश्वभरी फैलिरहेका कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ ।

कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ ।


कोरोना भाइरस रोगको मुख्य लक्षणहरू

This image shows an illustration of a woman in bed with fever
This image shows an illustration of a man coughing

⚠ ज्वरो आउने 

⚠ खोकी लाग्ने 

⚠ श्वास फेर्न गाह्रो हुने 

⚠ गन्ध तथा स्वाद थाहा नहुने 

⚠ पखाला लाग्ने

This image shows an image of a woman having difficulty breathing

यस्ता लक्षणहरू देखा परेमा नजिकको तोकिएको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस्।


कोरोना भाइरसबाट कसरी आफू र अरुलाई बचाउने?

This image shows a person coughing and then wearing a mask to prevent spreading the virus to others

ज्वरो र खोकी लागेको व्यक्त्तिबाट टाढा रहने वा आफूलाई ज्वरो र खोकी लागेको छ भने पनि अरू व्यक्त्तिबाट टाढा रहने। 

घरबाहिर जाँदा अनिवार्य रूपमा नाक, मुख र च्युँडो राम्ररी ढाकिने गरी मास्क लगाउने।

This image shows a woman sneezing into a tissue and a man sneezing into his elbow

खोक्दा वा हाछ्युँ गर्दा नाक मुख टिस्यू पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यू पेपरलाई बिर्को भएको फोहर फाल्ने भाँडोमा फाल्ने र साबुन-पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाईजर प्रयोग गर्ने ।

This image shows an image of a man walking into a crowd, which one should not do. It also shows a man and a woman greeting each other with a Namaste to avoid direct contact.

भिडभाडमा नजाने र अरुलाई पनि नजाने सुझाव दिने ।

This image shows an illustration of a pair of hands washing under a tap using soap, and a pair of hands using hand sanitizer

बेलाबेलामा साबुन-पानीले कम्तिमा २० सेकेन्ड मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने ।

माथिका लक्षणहरू देखिए स्वास्थ्य केन्द्रमा तुरून्त जानुपर्दछ । घरैमा बस्दा परिवारका सदस्यहरूबाट १४ दिन सम्म छुट्टै आईसोलेसनमा बस्नु पर्दछ ।

This image shows a man who has just returned from a COVID-affected seeking advice from a doctor, as well as isolating himself from his family

कोभिड-१९ खोपको बारेमा जानकारी

पेजमा जानुहोस्

This image shows the different steps to follow when you suspect COVID-19

Ministry of Health and Population/2021


कोभिड-१९ सम्बन्धि केही द्विविधा छ? यसो गर्नुहोस्  👇

  • केही लक्षण देखिएमा कोरोना परीक्षण गराउनुहोस्
     
  • परीक्षणमा पोजिटिभ देखिए होम आइसोलेसनमा बस्नुहोस्
     
  • होम आइसोलेसनमा बस्दा दिनमा ३-४ पटक अक्सिनजको स्तर नाप्नुहोस्, झ्याल खुला राख्नुहोस्, आराम गर्नुहोस् र पोषिलो तथा झोलिलो खानेकुरा खानुहोस्
     
  • अक्सिजनको स्तर ९२% भन्दा बढी भएमा ज्वरोको औषधी खानुहोस्, प्रशस्त तरल पदार्थ (जीवन जल) खानुहोस्, घोप्टो परेरा पल्टिने
     
  • अक्सिजनको स्तर ९२% भन्दा कम भएमा चिकित्सकसँग परामर्श लिने – कोभिड सम्बन्धि परामर्शका लागि ११३३ वा १११५ डायल गर्नुहोला । युनिसेफ