स्वास्थ्य

मेचीनगरमा भोलीबाट भेरोशेल खोप लगाइदैं (तालिकासहित)

मेचीनगर, भदौ १० । झापाको मेचीनगरमा भोलीबाट भेरोशेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पर्खाइमा बस्नुभएका ९ हजार २ सय नगरबासीलाई भोलीबाट दोस्रो डोजको खोप प्रदान गर्न लागिएको हो ।

नगरमा यसअघि साउन १२ गतेबाट १५ गतेसम्म भेरोशेल खोपको पहिलो मात्रा लगाइएको थियो । सोहि अवधिमा खोप लगाएका नागरिकलाई भोलीबाट खोप प्रदान गरिने मेचीनगर स्वास्थ्य शाखा प्रमुख रामनारायण यादवले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार खोप लगाउन आउँदा यसअघि पहिलो डोज लगाएको खोप कार्ड अनिवार्य गरिएको छ । भोलीबाट शुरु हुने खोप कार्यक्रम नगरका प्रत्येक वडामा संचालन हुने पनि उहाँले बताउनुभयो ।

प्रत्येक वडामा खोप कार्यक्रम संचालन हुने भएकाले खोप केन्द्र व्यवस्थित हुने अपेक्षा पनि गरिएको छ ।