बाहुण्डाँगी । नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष तथा एरिया ए का निरुपित कार्यकारीणी उपाध्यक्ष सिनेटर अरुणकुमार दाहालले नेपाल जेसीजको बुधवारबाट सुरु हुने एरिया ए को क्षेत्रीय सम्मेलनमा सहभागिहरुलाई स्वागत गर्न आतुर रहेको बताउनु भयो ।
इनरुवा जेसीजको आतिथ्यतामा हुन लागेको सम्मेलनको अन्तिम तयारीका लागि सिनटेर दाहाल आइतवार नै इनरुवा आइपुग्नु भएको हो । सिनेटर दाहालले सम्मेलनमा सहभागि सम्पूर्ण जेसीज साथीहरुलाई स्वागत गर्न तत्पर रहेको बताउनु भयो । ‘तपाईहरुलाई स्वागत छ’ सिनेटर दाहालले भन्नु भयो–“तपाईहरुको सहभागिता नै कार्यक्रमको सफलता हो ।”
सम्मेलनको उद्घाटन न्यान कानुन तथा संघीय मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्घाटन गर्ने कार्यक्रम रहेको सिनेटर दाहालले बताउनु भयो । यो वर्षको अन्तिम सम्मेलनका रुपमा रहेको यसका सबै जेसीजहरुलाई प्रत्यक्ष सहभागिताका लागि खुल्ला गरिएको उहाँले बताउनु भयो ।
कार्यक्रमकोम तालिका तल प्रस्तुत गरिएको छ ।


