झापा, असोज ८ । झापा मेचीनगर–१० धुलाबारी स्थित रोलिङ फुटबल क्लब काठमाडौंमा जारी शहिद स्मारक ‘सि’ डिभिजनको दोस्रो चरणमा प्रवेश गरेको छ । जिल्लाकै पुरानो फुटबल क्लब रोलिङले दुई टिमलाई पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो ।
रोलिङ फुटबल क्लबले जारी ‘सि’ डिभिजनको दोस्रो चरण प्रवेशका लागि शिवपुरी युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै आज भएको खेलमा चन्द्रागीरी स्पोर्टस एकाडेमीलाई ६–३ गोल अन्तरले पराजित गर्दौ दोस्रो चरण ( नक-आउट) मा प्रवेश गर्न सफल भएको फुटबल प्रशिक्षक जितेन्द्र धिमालले जानकारी दिए ।


