खेलकुद

‘मेचीनगर युवा कप–२०७८’ को उपाधि ह्याप्पी क्लबलाई

मेचीनगर, असोज ८ । दोस्रो संस्करणको ‘मेचीनगर युवा कप–२०७८’ को उपाधि ह्याप्पी क्लबले जितेको छ ।

काँकरभिट्टा माविको खेल मैदानमा शुक्रबार सम्पन्न फाइनलमा भानु टोल फुटबल क्लबलाई ३–० गोत अन्तरले पराजित गर्दै ह्याप्पीले उपाधि हात पारेको हो ।

उपाधिसँगै ह्याप्पी क्लबले नगद ३० हजार रुपैयाँ, ट्रफी तथा मेडल प्राप्त गरेको छ । उपविजेतामा रोकिएको भानुले नगद २० हजार रुपैयाँ, ट्रफी तथा मेडल प्राप्त गरेको छ ।

प्रतिस्पर्धात्मक खेलमा ह्याप्पी क्लबले खेलको छैटौं मिनेटमा आशिष चापागाईंको गोलमार्फत अग्रता बनाएको थियो । दोस्रो हाफको छैटौं मिनेटमा विजेता ह्याप्पी क्लबका कर्ण लिम्बूले टिमका लागि दोस्रो गोल गरे ।

दोस्रो हाफकै १७ औं मिनेटमा ह्याप्पी क्लबका विवेक पौडेलले तेस्रो गोल गरेका थिए ।

फाइनल खेलको म्यान अफ दी म्याच आशिष चापागाईं घोषित भए । त्यस्तै प्रतियोगिता भरकै उत्कृष्ट खेलाडी भानु क्लबका सौरभ लिम्बू बने ।

उदीयमान खेलाडीको अवार्ड भानुका किसन सरदारले जित्दा प्रतियोगिताको उत्कृष्ट गोल रक्षक ह्याप्पी क्लबका देवान भुजेल बने ।

वेष्ट मिड फिल्ड ह्याप्पीका विवेक पौडेल घोषित हुँदा भानुका दिवस उराव वेष्ट डिफेन्स घोषित भए ।

वेष्ट फरवार्डको उपाधि ह्याप्पीका कर्ण लिम्बू घोषित हुँदा ह्याप्पीका मुना सुब्बा उत्कृष्ट कोच घोषित भए ।

May be an image of 7 people, including Krishna Kanal, people standing and people sitting

विजेता खेलाडीलाई प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका निवर्तमान प्रमुख विष्णु प्रसाईं, नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य डिल्लीराम घिमिरे, नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य रवीन ओझा, आयोजक युवा संघ मेचीनगर अध्यक्ष मानबहादुर तामाङलगायतले पुरस्कार तथा ट्रफी हस्तान्तरण गरेका थिए ।

May be an image of 3 people and people standing

पुरस्कार वितरण कार्यक्रमको सञ्चालन युवा संघ क्षेत्रीय इन्चार्ज नारायण खनालले गरेका थिए ।

युवा समाजसेवी बालकृष्ण थापाले पहिलो पुरस्कार प्रायोजन गरेका थिए भने दोेस्रो पुरस्कार नेपाल खेलकुद महासंघले गरेको थियो ।

राष्ट्रिय युवा संघ नेपाल मेचीनगर नगर कमिटिले आयोजना गरेको फुटबल प्रतियोगितामा नगरका २० टिम सहभागी थिए ।

यसअघि शुक्रबारनै सम्पन्न आयोजक तथा प्रेस क्लब मेचीनगर बीच सम्पन्न मैत्रीपूर्ण खेलमा आयोजक ३-० गोल अन्तरले विजयी भएको थियो ।