मेचीनगर । कोरोनाको विश्वब्यापी प्रभाव परिरहेको अवस्थामा एक दयालु मनले आफ्नी छोरीको जन्मदिनको अवसर पारेर विद्याश्रमलाई सहयोग गरेका छन् । झापाको मेचीनगर –१० निवासी हलेसी मेडिकल हलका संचालक सोम ओझाले छोरी सिद्धिका ओझाको प्रथम जन्मोत्सवको अवसर पारेर मेचीनगर९ १२ रहेको माधव संस्कृत विद्याश्रमलाई सहयोग गरेका हुन् ।

जन्मोत्सवमा गरिने फजुल खर्चलाई कटौती गर्दै ओझाले विद्याश्रममा २५ हजार बराबरको ५ खाट सहयोग गरेका थिए । छोरी सिद्धिकाको जन्मोत्सवका अवसरमा बुवा सोम ओझाले आश्रम संचालक समितिका अध्यक्ष डिल्लीराम भण्डारीलाई बुधवार उक्त सामाग्री हस्तान्त्रण गरेका हुन् । जन्मदिनको दिन पार्टी गर्ने, भोज गर्ने, केक काटी मैमबत्ती निभाएर जन्मदिन मनाउने चलन छ । तर धार्मिक आस्थावान ओझाले मेनपा ९१२ मा अवस्थित माधव संस्कृत विद्याश्रममा दिप प्रज्वलन गरि छोरीको जन्मदिन मनाए ।
चारआली जेसिजको संयोजकत्वमा सम्पन्न कार्यक्रममा विध्याश्रमका अध्यक्ष डिल्लिराम भण्डारी, चारआली जेसिजका अध्यक्ष सन्तोष न्यौपानेसहित बोडका सदस्यहरु, पुर्व अध्यक्षहरु, लायन्स क्लव चारआलीका अध्यक्ष हरि घिमिरे स्थानीय समाजसेवीहरुको बाक्लै उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन विद्याश्रममामा सचिव मधु निरौलाले गरेका थिए ।



