काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँबराबरका नयाँ नोट सटही गरेको छ । राष्ट्र बैंकले दशैँका लागि ती नयाँ नोट सटही गरेको हो ।
राष्ट्र बैंक मुद्रा व्यस्थापन विभागका प्रमुख (कार्यकारी निर्देशक) रेवती नेपालले ठूला र साना दर गरी २० अर्ब रुपैयाँका नयाँ नोट सटही भएको बताए । उनका अनुसार साना दर ५, १०, २०, ५० र १०० दरका ८ अर्ब २५ करोड रुपैयाँ सटही भएका छन् ।

