मेचीनगर । नेकपा एमालेको मेचीनगर- ८ काे वडा अध्यक्षमा बिष्णु भट्टराई चुनिएका छन् । मेचीनगर ८ स्थित किराँत याक्थुम चुम्लुङ भवनमा शनिबार भएको दाेस्राे वडा सम्मेलनले भट्टराईकाे नेतृत्वमा ३१ सदस्यीय वडा समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा राधा अधिकारी, सचिवमा मिलन विश्वकर्मा, उपसचिवमा गणेश कार्की र सागर लिम्बू चयन भएका छन् । त्यस्तै सदस्यहरूमा दिलिप उराँव, जयन्ती खरेल, गोमा खड्कालगायतका ३१ सदस्यीय वडा समिति गठन सर्वसम्मत चयन भएको हो ।
एमाले नेता रामचन्द्र उप्रेतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता बिष्णु भट्टराईले गरेका थिए ।
सचिव मिलन विश्वकर्माले सञ्चालन गरेकाे कार्यक्रममा एमालेका नेता तथा प्रदेश सभा सदस्य गोपाल बुढाथोकी, लालबहादुर थामी, हेम कार्की, बिष्णु श्रेष्ठ, दोर्ण खनाल, विकेेेेेेेन्द्र धिमाल, दशरथ खडिया, कुन्दन निरौला, रविन ओझालगायतको आतिथ्यता रहेको थियो ।

