संघ \संस्था

धनकुटा लेडीको जेसीज सप्ताहमा महिला फुटबल

बाहुण्डाँगी । धनकुटा लेडी जेसीजको जेसीज सप्ताह अन्तर्गत दोस्रो दिन मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

शाखाकी अध्यक्ष विसिका श्रेष्ठको सभापतित्व तथा धनकुटा नगरपकालिकाका कार्यबाहाक मेयर जंगबहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाकी संस्थापक अध्यक्ष प्रमिशा श्रेष्ठ, भलिबल रेफ्री संघ १ नम्बर प्रदेशका अध्यक्ष विनय राई, शसस्त्र प्रहरी बलका प्रतिनिधि, रिता राई, सुमना तिम्सिना भावना श्रेष्ठ मार्गादेवी मिसा, भावना श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

प्रतियोगितामा रेफ्रीको भूमिका महेश मल्लिकाले गरेका थिए । सावित्रा राईको संयोजकत्वमा रहेको कार्यक्रमको सञ्चालन महासचिव कला राईले गरेकी थिइन् ।