बाहुण्डाँगी । जेसिआई सिद्धार्थ लेडि नेपालमा निर्वाचनको बिषयलाई लिएर चरम बिबाद सृजना भएको छ। बर्ष २०२२ को लागि नयाँ नेतृत्व चयन गर्ने बिषयमा बिवाद हुँदा निर्वाचन अनिश्चीत बनेको छ।
शुक्रबार बिहान ११ बजेदेखि शुरु भएको २५ औ साधारण सभा तथा शाखा अधिबेशनमा निर्वाचन आयुक्त गीता श्रेष्ठले निर्वाचन प्रक्रिया भन्दा बाहिर गएर २०२१ को तालिम संयोजकलाई एकतर्फी रुपमा अध्यक्ष चयन गरेको घोषणा गरेपछि बिबाद उत्कर्षमा पुगेको हो।
बर्ष २०२२ को लागि ६ जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गरेपनि सबै प्रक्रिया लत्याउदै निर्वाचन आयुक्तले जर्वजस्त रुपमा अध्यक्षका प्रत्यासि गीता गैरे बन्जाडेलाई अध्यक्ष घोषणा गरेपछि बढेको उत्कर्षमा पुगेको हो।
सिद्धार्थ लेडिका बहुमत सदस्यले निर्वाचन प्रक्रिया लत्याउदै निर्वाचन आयुक्त श्रेष्ठले गैरेलाई अध्यक्ष चयन गरेको आरोप लगाउदै निर्वाचन समितिले गरेका कुनैपनि निर्णय मान्य नहुने बताएका छन्।
अधिकांश पुर्व अध्यक्षहरु र सदस्यहरुले गत बर्षको लिखित सहमति अनुसार प्रकृती उप्रतीलाई अध्यक्ष बनाउनु पर्नेमा जोड दिएका छन्। अध्यक्षकी प्रत्यासी उप्रतीले गत बर्षको सहमति अनुसार आफुले सभापतिमा दावि गरेको बताईन।
सभापतिको अर्को प्रत्यासी मिनाक्षी क्षेत्रीले आफु सभापतिमा उम्मेदवारी दर्ता गराएपनि आफ्नो सहमति बिना नै गैरेलाई अध्यक्ष घोषणा गरेको बताईन।
अधिबेशनमा सहभागि अधिकांशले निर्वाचन आयुक्त श्रेष्ठले गरेका कुनै पनि निर्णयहरु मान्य नहुने भन्दै निर्वाचन हल भित्रै नारावाजी र बिरोध जनाएका छन्।
निर्वाचन आयुक्त श्रेष्ठले अध्यक्षमा गैरेलाई प्रस्ताव गर्न खोजेपनि बहुमत सदस्यको बिरोध गरेपछि चयन नगरेको बताईन।
अरुलाई बिधिको शासन सिकाउने जेसिजमा भएको लफडाले स्वयम सदस्यहरु नै आश्चर्य चकित परेका छन्। शुक्रबार बिहान ११ बजेबाट शुरु भएको अधिबेशनमा बिवाद भएपछि शनिवार राति १ बजेसम्म साम्य भएको थिएन।

