संघ \संस्था

लालमणी भण्डारीले सम्हाले नेपाल जेसीजको पदभार

देबु बानियाँ
बाहुण्डाँगी । नेपाल जेसीजका लागि २०२२ का नवनिर्वाचित अध्यक्ष जेसीआई सिनेटर लालमणी भण्डारीले शुक्रवारबाट औपचारिक रुपमा पदभार ग्रहण गर्नु भएको छ ।
शुक्रवार नेपाल जेसीजको सचिवालय थापालथीलमा आयोजित पदहस्तान्तरण समारोहकाबिच २०२१ का अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालबाट पद हस्तान्तरणसहित २०२२ को पदभार सम्हाल्नु भएको हो । २०२१ का अध्यक्ष खनालले २०२२ का अध्यक्ष भण्डारीलाई राष्ट्रिय अध्यक्षको कुर्सीमा राख्दै २०२२ को सफल नेतृत्वका लागि शुभकामना दिनु भएको थियो ।
पोखरा महाधिवेशनबाट निर्वाचित हुुनु भएका भण्डारीले आफ्नो कार्यकाल स्वर्णीम बनाउन आफ्नो बलबुताले भ्याएसम्म गर्ने र सहयोगका लागि सबैलाई आग्रह समेत गर्नु भयो । पदभार सम्हाल्दै उहाँले महाधिवेशनका समयमा भएका मतभेदहरुलाई समेटेर सबैलाई एक बनाउँदै मन जोड्ने अभियानका साथ अघि बढ्ने समेत बताउनु भयो ।


यसैगरी साँझ नेपाल जेसीजले विदाइ तथा स्वागत कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्रि गगनकुमार थापाले समाजमा जेसीजले सकारात्मक प्रभाव पार्दै आएकोले हरेक युवाहरुलाई जेसीज अभियानमा गोलबन्द गराउँदै अघि बढ्न आग्रह गर्नु भयो । साथै उहाँले राजनितिक दलले विधिलाई भन्दा व्यक्तिको सासनलाई प्राथमिकता दिन थालेकाले राजनीतिक दलहरुलाई विधिसम्वत अघि बढ्न जेसीजले दिशा निर्देश गर्न आग्रह गर्नु भयो । हामी तपाईहरुसँगै हुनेछौँ प्रमुख अतिथि थापाले भन्नु भयो तपाईले गर्ने हरेक गतिविधिले राजनितक दल र नेताहरुलाई सहि बाटोमा लैजान भूमिका निर्वाह गर्नुहोस ।


राष्ट्रिय अध्यक्ष सिनेटर लालमणी भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जेसीआई नेपाल फाउण्डेशनका अध्यक्ष सिनेटर प्रकाश घिमिरे, विओटीका अध्यक्ष सिनेटर विरन्द्रबहादुर श्रेष्ठ, ४८ औँ महाधिवशेनका निर्वाचन अधिकृत सिनेटर शुसिलबहादुर श्रेष्ठ, निवर्तमान राष्टिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालले २०२२ को नेतृत्वलाई सफल कार्यकालको शुभकामनासहित सबैलाई समेटेर लैजान आग्रह गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव कृष्ण सापकोटाले गर्नु भएको थियो ।

यसैगरी, समारोहमा कार्यकारीणी उपाध्यक्षहरु दिपेन्द्र निरौला, सुनिल तिम्सिना, रमा प्याकुरेल, अनिलबहादुर शाही, उपाध्यक्षहरु कुमारसिंह साँवा, जीवन कार्की, मनोश शाह, राम पाण्डे, नारायण भट्टराई, योगीराज अधिकारी, जीवन श्रेष्ठ, रश्मि बस्नेत, कृष्ण श्रेष्ठ, राजिव प्रसाई, सन्दिप अग्रहरी, नरशेचन्द्र ओझाले समेत आफ्नो पदभार सम्हालेका थिए ।