संघ \संस्था

मेचीनगर लेडी जेसीजको अध्यक्षमा सिता पुरी निर्वाचित

बाहुण्डाँगी । मेचीनगर लेडी जेसीजको अध्यक्षमा सिता पुरी निर्वाचित हुनु भएको छ ।
शनिवार सम्पन्न शाखाको ८ औँ वार्षिक साधारणसभाबाट पुरी सर्वसम्वत निर्वाचित हुनु भएको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा बबिता पनेरु प्रसाईं र रेजिना श्रेष्ठ, उपाध्यक्षहरुमा रश्मि प्रधान, जिना श्रेष्ठ, सुकु तामाङ्ग राई र कला खरेल सिवाकोटी निर्वाचित भएका निर्वाचन आयुक्त तथा निवर्तमान अध्यक्ष तुलसा दङ्गालले बताउनु भयो ।
शाखाकी अध्यक्ष सुशिला खतिवडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्षहरु शोभा श्रेष्ठ, उषा श्रेष्ठ, टिका सुवेदी, सुनिता पनेरु, संस्थापक सल्लाहकार लक्ष्मी राईलगायतले कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।