

काठमाण्डौं, असोज २५ । चिनियाँ राष्ट्रपति सी जिनपिङ आज नेपाल आउँदैछन्। २३ वर्षपछि चीनबाट हुन लागेको राष्ट्रपति भ्रमणलाई नेपालले उच्च प्राथमिक्तामा राखेको छ। हाल सी भारत भ्रमणमा छन्।
शुक्रवार दिउँसो भारतको चेन्नई पुगेका सीले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक शिखर वार्ता गर्दैछन्। दुई नेताबीच आज करिब ६ घण्टा विभिन्न विषयहरुमा छलफल हुनसक्ने बताइएको छ।
मोदीसँगको छलफलपछि केहीबेर आराम गरेर सी आजै नेपाल आउनेछन्। सीको भ्रमणलाई लक्षित गर्दै काठमाडौं उपत्यकाभर सुरक्षा व्यवस्था कडा पारिएको छ। सीको भ्रमणका क्रममा केही घण्टा सडक खाली गराउने हुँदै सर्वसाधरणलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
सन् १९९६ मा तत्कालीन राष्ट्रपति जियाङ जमिनले नेपाल भ्रमण गरेयता २३ वर्षपछि अर्को उच्चस्तरीय भ्रमण हुन् लागेको हो। सन् २०१६ मा सीुकै भ्रमणको तयारी गरिए पनि सफल भएको थिएन। सन् २०१२ मा चीनका प्रधानमन्त्री वेन जिआबाओले पाँच घण्टाको छोटो नेपाल भ्रमण गरेका थिए।
यस्तो छ तालिका
चिनियाँ राष्ट्रपति सी दिउँसो ४स्३० मा त्रिभुवन विमानस्थलमा आइपुग्नेछन्। उनले नेपालमा करिब १९ घण्टा समय बिताउँनेछन् । सी सहितको चिनियाँ प्रतिनिधिमण्डललाई ताहाचलस्थित सोल्टी होटलमा बस्ने व्यवस्था मिलाइएको छ।
सोल्टीमा केही समय विश्राम गरेपछि सीले बेलुकी ६स्३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटघाट गर्ने कार्यक्रम रहेको छ। भण्डारीले चिनियाँ राष्ट्रपति सीको सम्मानमा बेलुकी ७स्३० बजे सोल्टी होटलमा ुस्टेट डिनरु आयोजना गर्नेछिन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि सीले शनिवार नै भेट गर्नेछन्। राष्ट्रपति सीले आइतवार बिहान नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुप्पकमल दाहाल ुप्रचण्डु सँग भेटवार्ता गर्नेछन्। त्यसपछि करिब ११स्३० बजे प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच द्विपक्षीय वार्ता हुनेछ। त्यसक्रममा केही सन्धि( सम्झौतामा हस्ताक्षर हुनेछ।
यस्ता छन् एजेण्डा
सी जिनपिङसँगको वार्तामा नेपालले मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्कलाई मुख्य एजेन्डा बनाउने तयारी गरिरहेको छ। ुमल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्कु अन्तर्गत मुख्यरुपमा कनेक्टिभिटीका कुराहरु पर्दछन्। यसमा रेलवे, सडक, फाइबर, विद्युत ट्रान्समिसन पर्छन्। जसबाट दुई देशका नागरिकहरु बीचको व्यापार, सम्बन्ध आदिलाई टेवा पुग्ने नेपालले विश्वास गरिएको छ।
यस्तै, भूकम्पपछिको पुनर्निमाण, लुम्बिनीको विकास, अरनिको राजमार्गको स्तरोन्नति, रसुवागढी–छहरे–काठमाडौं रेलवे निर्माण, क्रस बोर्डर विद्युत् लाइन, सीमा व्यवस्थापन लगायतका विषयमा पनि दुई राष्ट्रबीच छलफल हुने अपेक्षा गरिएको छ।
आइतवारै दिउँसो १ बजे चीनका राष्ट्रपति सी स्वदेश प्रस्थान गर्ने जनाइएको छ।

