

काठमाण्डौँ, असोज २५ । चिनियाँ राष्ट्रपति सी जिनपिङ आज नेपाल आउँदैछन्। २३ वर्षपछि चीनबाट हुन लागेको राष्ट्रपति भ्रमणलाई नेपालले उच्च प्राथमिक्तामा राखेको छ।
नेपाल सरकारले राष्ट्रपति जिनपिङको आगमन सगैं उनी सवार सडक छेउमा सर्वसाधारणलाई आवतजावत नगर्न सुजाएको छ ।
सी को यात्राका लागि उच्च तहको सुरक्षा प्रदान गरिएकाले उनको सवारी हुने बेला सडकलाई खाली गरीएको सरकारी अधिकारीले जनाएका छन् । सी को सवारी हुनु भन्दा झण्डै एक घण्टा पहिलेदेखि बाटो खाली गर्ने तयारी छ ।

