संघ \संस्था

लालबन्दी जेसीजको तेस्रो अध्यक्षमा सन्तोष पौडेल

बाहुण्डाँगी । लालबन्दी जेसीजका लागि २०२२ को अध्यक्षमा सन्तोष पौडेल निर्वाचित हुनु भएको छ ।
शनिवार सम्पन्न शाखाको तेस्रो शाखा अधिवेशनले पौडेलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा कोमल प्रसाद गौतम र राजकुमार सिह, उपाध्यक्षहरुमा कुल प्रसाद गौतम, उपेन्द्र महतो, सुमन थापा र सुनिता खरेल थपलिया निर्वाचित भएका शाखाका अध्यक्ष श्याम खड्काले बताउनु भयो ।
कार्यक्रममा शाखाका संस्थापक अध्यक्ष किरण घिमिरे, मातृ शाखा चन्द्रनिगापुर सिटिका निवर्तमान अध्यक्ष दिलिप सापकोटा, वर्तमान अध्यक्ष लोकेन्द्र खड्कालगायतले नवनिर्वाचित टिमलाई सफल कार्यकालको शुभकामना दिनु भएको थियो । कार्यक्रम शाखाका अध्यक्ष श्याम खड्काको सभापतित्वमा सम्पन्न भएको थियो ।