संघ \संस्था

लेटाङ जेसीजको अध्यक्षमा मनोज विश्वकर्मा

बाहुण्डाँगी । लेटाङ जेसीजका लागि २०२२ को अध्यक्षमा मनोज विश्वकर्मा निर्वाचित हुनु भएको छ । शाखाको सम्पन्न १९ औँ शाखा अधिवेशनले विश्वकर्मालाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा राममणी बराल र सुनिल चौधरी, उपाध्यक्षहरुमा संगिता श्रेष्ठ, दर्शन ओझा, खगेनद्र पाण्डे र निमेन्द्र लिम्बू निर्वाचित भएका शाखाका पूर्व अध्यक्ष मनिष सूर्य मगरले बताउनु भयो ।