संघ \संस्था

धनकुटा लेडी जेसीजको अध्यक्षमा बिपना श्रेष्ठ

बाहुण्डाँगी । धनकुटा लेडी जेसीजका लागि २०२२ को अध्यक्षमा विपना श्रेष्ठ निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको तेस्रो शाखा अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो ।

शाखाको कार्यकारीणी उपाध्यक्षमा सरस्वती राई, रिना श्रेष्ठ, उपाध्यक्षहरुमा टिका राई, श्रीपना प्रधान, मुना घिमिरे श्रेष्ठ, आरजु थापा, सचिवमा शोभा राई र जनसम्पर्क अधिकारीमा पुजा राना निर्वाचित भएका शाखाका अध्यक्ष विशिका श्रेष्ठले बताउनु भयो ।