झापा । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। विभागले आज राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजानिक गर्दै २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको हो। विभागका अनुसार आज गणकले भरेका मुख्य प्रश्नावलीमा उल्लिखित विवरणका आधारमा प्रारम्भिक नतिजा सार्वजनिक गरिएको हो।
आगामी ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने विभागको योजना रहे पनि कोरोनाका कारण थप समय लाग्ने अनुमान गरिएको विभागले जनाएको छ। जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत भदौ ३० देखि असोज १८ गते सम्म गरिएको थियो भने कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरिएको थियो।
राष्ट्रिय जनगणना २०७८ :
• कुल जनसंख्या : २ करोड ९१ लाख ९२ हजार ४ सय ८०
• पुरुष : १ करोड ४२ लाख ९१ हजार ३ सय ११ जना (४८.९६ प्रतिशत)
• महिला : १ करोड ४९ लाख १ हजार १ सय ६९ (५१.०४ प्रतिशत)
• नेपालमा घर संख्या : ५६ लाख ४३ हजार ९४५
• परिवार संख्या : ६७ लाख ६१ हजार ०५९
• जनगणना घर र परिवारको अनुपात : १ः १.२०
• १० वर्षमा थप भएको परिवार संख्या : १३ लाख ३३ हजार ५५७
• अक्सर विदेशमा बस्ने जनसंख्या : २१ लाख ६९ हजार ४ सय ७८
• पुरुष : १७ लाख ६३ हजार ३ सय १५ (८१.२८ प्रतिशत)
• महिला : ४ लाख ६ हजार १ सय ३ (१८.७२ प्रतिशत)
• विदेशिने महिलाको संख्या : ७१.०९ प्रतिशत
• तराईबाट विदेशिने : १० लाख ६५ हजार ९ सय ६९
• पहाडबाट विदेशिने : ९ लाख ८४ हजार ८ सय ९६
• हिमालबाट विदेशिने : १ लाख १८ हजार ६ सय १३
• तराईको जनसंख्या : १ करोड ५६ लाख ६५ हजार ८ सय २८ (५३.६६
प्रतिशत)
• पहाडको जनसंख्या : १ करोड १७ लाख ४८ हजार ५ सय ४८ (४०.२५
प्रतिशत)
• हिमालको जनसंख्या : १७ लाख ७८ हजार १ सय ४ (६.०९ प्रतिशत)
• प्रदेश १ : ४९ लाख ७२ हजार २१ (१७.०३ प्रतिशत)
• मधेश प्रदेश : ६१ लाख २६ हजार २ सय ८८ (२०.९९ प्रतिशत)
• बागमती प्रदेश : ६० लाख ८४ हजार ४२ (२०.८४ प्रतिशत)
• गण्डकी प्रदेश : २४ लाख ७९ हजार ७ सय ४५ (८.४९ प्रतिशत)
• लुम्बिनी प्रदेश : ५१ लाख २४ हजार २ सय २५ (१७.५५ प्रतिशत)
• कर्णाली प्रदेश : १६ लाख ९४ हजार ८ सय ८९ (५.८१ प्रतिशत)
• सुदूरपश्चिम प्रदेश : २७ लाख ११ हजार २ सय ७० (९.२९ प्रतिशत)
• शहरी जनसंख्या : १ करोड ९२ लाख ९१ हजार ३१ (६६.८ प्रतिशत)
• ग्रामीण जनसंख्या : ९९ लाख १ हजार ४ सय ४९ (३३.९२ प्रतिशत)
सबैभन्दा कम जनसंख्या
• मनाङ : ५ हजार ६ सय ४५
• मुस्ताङ : १४ हजार ५ सय ९६
• डोल्पा : ४२ हजार ९ सय ५९
• रसुवा : ४५ हजार ५ सय ५४
• हुम्ला : ५५ हजार ४ सय ९६
धेरै जनसंख्या भएका जिल्ला
• काठमाडौं : २० लाख १७ हजार ५ सय ३२
• मोरङ : ११ लाख ४७ हजार १ सय ८६
• रुपन्देही : ११ लाख १८ हजार ९ सय ७५
• झापा : ९ लाख ९४ हजार ९०
• सुनसरी : ९ लाख ३४ हजार ४ सय ६१

