बाहुण्डाँगी । २०२२ को पहिलो महिनामै पोखरा लेडी जेसीज नेपाल जेसीजबाट सम्मानित भएको छ । नेपाल जेसीजले बुधवार सार्वजनिक गरेको जनवरी महिनाको अवार्ड अन्तर्गत एरिया बि को अवार्ड पोखरा लेडी जेसीजले प्राप्त गरेको नेपाल जेसीजको सचिवालयले सार्वजनिक गरेको छ । अवार्ड प्राप्तसँगै अझ बढि जिम्मेवारी र उर्जा मिलेको शाखाकी अध्यक्ष लक्ष्मी अधिकारीले बताउनु भयो ।

