संघ \संस्था

मेचीनगर लेडी जेसीजको तालिम सम्पन्न

बाहुण्डाँगी । मेचीनगर लेडी जेसीजको आयोजनामा एक दिने माइनल लेखन तालिम सम्पन्न भएको छ ।
धुलावारी स्थित त्रिफला राष्टिय पुस्ताकालयमा आयोजित तालिममा प्रध्यापक लम्बोधर पौडेलले प्रश्रिशण दिनु भएको थियो । तालिममा शाखाका ३५ जनाको सहभागिता रहेको थियो । संस्थाकी अध्यक्ष सिता पुरीको सभापतित्व तथा नेपाल जेसीजका उपाध्यक्ष राजिव प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न तालिममा विशिष्ट अतिथि पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलारी, धुलावारी जेसीजका अध्यक्ष रविनद्र पाठक, प्रशिश्रक लम्बोधर पौडेलले बोल्नु भएको थियो । कार्यक्रममा शाखाका पूर्व अध्यक्ष शोभा श्रेष्ठ, मञ्जु खनाल, निवर्तमान अध्यक्ष सुशिला खतिवडाको सहभागिता रहेको थियो ।
कार्यक्रम संयोजक बबिता पनेरुले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव पवित्रा प्रसाईले गर्नु भएको थियो ।