झापा । थाम्सुहाङ सेवा समाज दमक चुलाचुली धरमपुर इकाई समितिको कार्यालय उद्घाटन गरिएको छ ।

दमक स्थित इकाई कार्यालयको उद्घाटन शनिबार झापा जिल्ला कमिटी सचिव लोक बहादुर थाम्सुहाङको प्रमुख आथित्यमा भएको थियो ।कार्यक्रममा समाजसेवी परोपकारी सिँहबिर थाम्सुहाङको विशिष्ट आथित्य रहेको थियो ।
इकाई समितिका अध्यक्ष चन्द्र थाम्सुहाङको सभापतित्व सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारीहरूको आतिथ्यता रहेको थियो ।

सामाजिक व्यक्तित्व सिंह वीर थाम्सुहाङ ले इकाई समितिलाई कार्यालय संचालनका लागि ४० हजार मुल्य बराबरको आवश्यक फर्नीचर सामग्री सहयोग स्वरुप उपलब्ध गराएका थिए । त्यसैगरी थाम्सुहाङ सेवा समाज दमक चुलाचुली धरमपुर इकाई कार्यालय सञ्चालनका लागि कार्यक्रम सभाध्यक्ष चन्द्र थाम्सुहाङले आफ्नो घरको एउटा कोठा र एक थान दराज नि:शुल्क उपलब्ध गराए ।
त्यस्तै उत्घाटन कार्यक्रमका लागि साउण्ड सिस्टम लगायत आवश्यक सर सामान केर्खा पब्लिक बाेडिङ स्कुलका प्रिन्सिपल त्रिलोचन गौतमले सौजन्य गरेका थिए ।
समितिका उपाध्यक्ष कृष्ण थाम्सुहाङले स्वागत मन्तव्य राखेको कार्यक्रममा संचालन सचिव सन्तोष थाम्सुहाङले गरेका थिए।
सचिव सन्तोषले तीनवटै स्थानीय निकायहरुमा थाम्सुहाङ समुदायलाई एकिकृत बनाउदै उनीहरुको हक हितका लागि सदैव लागि पर्ने बताए ।
कार्यक्रममा जलथल इकाई समिति, पत्थरी इकाई समिति,काचनकवल भद्रपुर इकाई समिति बाट क्रमशः विजय थाम्सुहाङ, सि वि थाम्सुहाङ, दीपतारा थाम्सुहाङ, देउ माया थाम्सुहाङलगायतका थाम्सुहाङ बन्धुहरुको उपस्थिति रहेको थियो ।

