झापा । पाँचौं संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिताको मुख्य प्रायोजक नेपाल आइसले गरेको छ । आज बिर्तामोडमा आयोजित एक कार्यक्रमका बिच झापा गोल्डकप र नेपाल आइस बिच मुख्य प्रायोजनको लागि हस्ताक्षर भएको छ ।
फागुन २१ गतेदेखि शुरु हुने मोफसलको प्रतिष्ठित झापा गोल्डकप फुटबल प्रतियोगिताको मुख्य प्रायोजनका लागि कम्पनीका प्रतिनिधि मनिष सिंह र झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले सम्झौतामा हस्ताक्षर गरे हुन् ।

नेपाल आइसले पहिलो पटक झापा गोल्डकपका लागि प्रायोजन गरेको छ । गोल्डकपको पाँचौ संकरणलाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउन आफुहरुले मुख्य प्रायोजन गरेको नेपाल आइसले जनाएको छ ।
झापाको भूगोल र फुटबलप्रतिको लगावलाई समेट्दै जिल्लालाई फुटबल हबको रुपमा विकास गर्ने उद्देश्यले काम गरिरहको झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले बताए । ‘विर्तामोडका व्यवसायीले खेलकूद क्षेत्रमा खासै चासो नदेखाएको जनाउदै बस्नेतले भने जिल्लाको प्रतिष्ठासंग जोडिएको यस प्रतियोगितालाई सबैले सकेको सहयोग गर्नु पर्ने बताए ।
झापा गोल्डकपमा घरेलु टोली झापा–११ सहित नेपालका ९ र एक विदेशी गरी १० टिमको सहभागीता रहने जनाइएको छ । प्रतियोगितामा सहभागी हुने टिमको टुंगो लगाउने कार्य भइरहेको जनाउदै आयोजक समितिका अनुसार गोल्डकपमा पुरस्कारहरु अघिल्लो वर्षकै कायम गरिएको छ । जसमा विजेता टिमले नगद १२ लाख ५५ हजार रुपैयाँ तथा उपविजेता टिमले नगद ६ लाख ५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्ने छ ।

