मेचीनगर । झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–७ मा मंगलबार बेलुकी मोटरसाइकलको ठक्करबाट मेचीनगर–८ का १९ वर्षीय श्याम मगरको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै ट्राफिक प्रहरीले जनाएको छ । मे १० प २२ ३२ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका मगरलाई हिजो बेलुकी पौने ८ बजे ठक्कर दिएको थियो ।

मोटरसाइकलसहित चालक भने ईलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाको नियन्त्रणमा रहेका छन् ।

