शिक्षा

आदर्श माविः पूर्व विद्यार्थी समाजद्वारा शिक्षकहरु सम्मानित

मेचीनगर । आदर्श माध्यमिक विद्यालयका पूर्व विद्यार्थी समाजले पूर्व शिक्षक तथा कर्मचारीहरुलाई शुक्रबार सम्मान गरेको छ । समाजले विद्यालयका १८ जना पूर्व शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरेको हो ।

पूर्व विद्यार्थी समाजका अध्यक्ष शंकर भट्टराईको सभापतित्व तथा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व शिक्षक सूर्यप्रसाद शर्मा, चन्द्रकुमार भट्टराई, पूर्व प्रधानाध्यापक तुलसीराम पौडेल, शिक्षक कमलकुमार देवकोटा, पर्शुराम तिम्सिना, पारसचन्द्र उपाध्याय, झुमनाथ भट्राई, बालकृष्ण विष्ट, हेमकुमार खड्का, रामप्रसाद ओझा, तुलसीप्रसाद घिमिरे, रुकमणि पौडेल, रुद्रकुमार प्रसाई, डम्मरबहादुर मगर, दैवकिशोर गिरीलाई सम्मान गरेको छ ।

त्यसैगरी स्व.नाराणप्रसाद भट्टराई र स्व.कृष्णप्रसाद ओलीलाई मरोणोप्रान्त सम्मान गरिएको छ । स्व. भट्टराईको सम्मान छोरी स्मृति भट्टराईलाई र स्व.ओलीको सम्मान उनकै श्रीमती ईन्द्रमती ओलीलाई प्रदान गरिएको थियो ।

त्यसैगरी कर्मचारी स्व.बमबहादुर कटुवाललाई पनि मरोणोप्रान्त सम्मान प्रदान गरिएको छ । उक्त समान स्व.कटुवालको धर्मपत्नी कृष्णमाया कटुवाललाई प्रदान गरिएको थियो । सम्मानित शिक्षक तथा कर्मचरीहरुलाई कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि, विशिष्ट अतिथि तथा पूर्व विद्यार्थीहरुले सम्मान गरेका थिए ।

सम्मानकै अवसरमा पूर्व विद्यार्थी केशाङ लामाले तयार गरेको सम्मानित सवै शिक्षकहरुको मुहार चित्र समेत प्रदान गरिएको थियो । लामाले अत्यन्तै मेहनत गरेर शिक्षकहरुको मुहार चित्र बनाएको र गुरुहरुलाई यसरी सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।

कार्यक्रमको अवसरमा विद्यालयले कक्षा १ देखि १० सम्मका कक्षा प्रथम, दोस्रो र तेस्रो भएका विद्यार्थी तथा एसईईमा उत्कृष्ट भएका विद्यार्थी तथा मेचीनगर क्षेत्रमा रहेर शिक्षण पेशामा सक्रिय र उत्कृट १ जना शिक्षकलाई सम्मान गरेको छ ।

विद्यालयले वर्ष उत्कृट शिक्षकको रुपमा नारायण स्मृति पुरस्कारबाट मेचीनगर–२ स्थित कृष्ण आधारभूत विद्यालयकी शिक्षक निर्मलादेवी भट्टराईलाई १० हजार नगदसहित सम्मान गरेको छ । त्यसैगरी सोही अक्षयकोष मार्फत एसईईमा उत्कृट अंक ल्याउन सफल दुई जनालाई जनही ५÷५ हजार र सम्मान पत्र प्रदान गरिएको थियो ।

विद्यालयले शैक्षिक पुरस्कार, अतिरिक्त क्रियाकलाव पुरस्कार, प्रचण्डमान स्मृति पुरस्कार तथा कृष्णप्यारी छात्रवृत्ति पुरस्कारबाट विद्यार्थीलाई पुरस्कृत गरेको विद्यालयका प्रधानाध्यापक कृष्ण पुरीले बताए ।

कार्यक्रमकै अवसरमा पूर्व शिक्षक मोहन भेट्वालले स्थापना गरेको महानन्द लक्क्षीमा पुरस्कारको अक्षयकोषमा २७ हजार रकम थप गरेको घोषणा गरेका छन् । ५० हजार अक्षयकोष रहेको उक्त कोषमा २७ हजार थप गरेर ७७ हजार पुरर्याइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख उप्रेती, विशेष अतिथि शिक्षा विकास तथा समन्वय इकाई भापाका प्रमुख राजकुमार विश्वकर्मा, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष राजकुमार पराजुली लगायतले बोलेका थिए ।

सो अवसरमा मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, प्राज्ञ सदस्य शुभद्रा भट्टराई, नेपाल राष्ट्रिय शिक्षक संघ झापाका सचिव लम्बोदर पौडेल, शिक्षक महासंघ झापाका सचिव तोयानाथ दाहाल, मेचीनगर–८ का वडाध्यक्ष विकेन्द्र धिमाल, मेचीनगर ५ का वडाध्यक्ष योगेन्द्र थापा,
मेचीनगर नगरपालिकाका लेखा अधिकृत पदम कार्की, कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन न्यौपाने, मेची कृषक बहुमुखी सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकी, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य मोहन काजी लगायतको आतिथ्यता रहेको थियो ।

पूर्व विद्यार्थी ध्रुब ओलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन रमा भण्डारी र पर्शुराम पराजुलीले संयुक्त रुपमा गरेका थिए ।