देबु बानियाँ
बाहुण्डाँगी । जेसीजको मुल मन्त्र नै मानवताको सेवा जीवनको सर्वाेतम कार्य हो । जेसीजले गर्ने हरेक अभियान मानवताको सेवामा समर्पित हुन्छन् । मानवताको सेवा गर्नका लागि कुनै सिमा र छेकबार हुँदैन भन्ने कुरा अर्जुनधारा जेसीजले भारतको पश्चिम बंगालमा रहेको पानीट्याङीमा पुगेर विश्व माहामारीका रुपमा फैलिएको कोभिड न्यूनिकरणका लागि गरेको कार्यक्रमले पुष्ट्रि गरिदिएको छ । जेसीजका क्षेत्रहरु मध्ये अन्तरािष्ट्रय सेक्टर अन्र्तगत रहेर शाखाले शनिवार भारतमा कोभिड न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो । देशभरका जेसीज शाखाहरु मध्ये भारतमा पुगेर कार्यक्रम गरेको सम्भवत यो नै पहिलो हो ।

रोटरी क्लब अफ सिलगढी मेट्रोपोलियन, राटरी क्लब अफ काँकरभिट्टा, रोटरी क्लब अफ विर्तामोड मिडटाउन र रोट्रयाक काँकरभिट्टाको संयोजनमा भएको कार्यक्रममा भारतको सिमा सुरक्षा बल (एसएसबी) को कार्यालयमा पुगेर सचेतनामुलक कार्यक्रम सहित माक्स र सेनीटाइजर वितरण गरिएको थियो । भारतीय राष्ट्र गीत गाएर सुरु गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरिक्षक सुनिलसिंह दाहालले यो कार्यक्रमले दुई देशको सम्बन्धलाई सुधार गर्दै भाइचाराको विकासमा टेवा पुगेको बताउनु भयो । उहाँले कार्यक्रम हेर्दा सामान्य देखिए पनि यसले राष्ट्रिय महत्व राख्ने बताउँदै जेसीजले सिमा क्षेत्रमा आएर दुई देशबिचको सम्बन्धलाई विकास गर्न पहिलो कार्यक्रम गरेकोमा आभार व्यक्त गर्नु भयो ।

कार्यक्रममा एसएसबीका सब इन्सिपेक्टर बर्खा निरंकारीले अन्तराष्ट्रिय सम्बन्ध बिस्तारका लागि नेपालबाट आएर कोभिडको सचेतनालाई अझ उजागर गरिदिएकोमा आभार व्यक्त गर्नु भयो । साथै उहाँले कोभिडको महामारीको कुनै सिमा नभएकाले यसको न्यूनिकरणमा सबैको ध्यान पुग्नु पर्ने बताउनु भयो ।

रोटरी क्लब अफ सिलगढीका आइपिपि शिव शंकरले यो कार्यक्रमले नेपालसँगको सम्बन्धलाई अझ प्रगाढ बनाएको बताउँदै आउँदा दिनमा जेसीजसँग समन्वय गरेर सिलगढीमा कार्यक्रम गर्ने बताउँनु भयो । रोटरी क्लब अफ काँकरभिट्टाका सचिव सुजन प्रधानले जेसीजले भाइचाराको विकासमा टेवा दिनका लागि रोटरीलाई समेत सम्झेर निमन्त्रण गरेको प्रति आभार व्यक्त गर्दै पृथक र महत्वपूर्ण कार्यक्रम गरेको बताउनु भयो ।

कार्यक्रममा नेपाल प्रहरी र सिमा सुरक्षा बल सशस्त्रलाई समेत माक्स र सेनिटाइजर वितरण गरिएको थियो । भारतमा औपचारिक उद्घाटन गरिएको कार्यक्रम नेपालमा आएर समापन गरिएको थियो ।

शाखाका अध्यक्ष भिमबहादुर कुँवर (राजु) को सभापतित्वमा सम्पन्न कार्यक्रममा रोटरी क्लब अफ सिलगढीका ज्योति दे शंकर, रोटरी क्लब अफ सिलगढीका सन्दिप घोषाल, धुलावरी जेसीजका पूर्व अध्यक्ष राजु महर्जन, २०२२ का अध्यक्ष रबिन्द्र पाठक, रोटयाक क्लब अफ काँकरभिट्टाका डालिम खतिवडा, रोजिना पोखरेल, सशस्त्र प्रहरीका सहि गणेशमान गोदार अर्जुनधारा जेसीजका पूर्व अध्यक्ष भाष्कर भट्टराई, बाहुण्डाँगी जेसीजका कानुनी सल्लाहकार देबु बानियाँलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन २०२२ का कार्यकारीणी उपाध्यक्ष प्रेम खड्काले सञ्चालन गर्नु भएको थियो ।

