बाहुण्डाँगी । ११२ औँ अन्तराष्टिय नारी दिवसको अवसर पारेर मेचीनगर लेडी जेसीजले एक जना श्रमिक महिलालाई सम्मान गरेको छ । हरेक वर्ष यहि अवसरमा समाजमा संघर्ष गरेर उदाहरणीय काम गर्ने व्यक्तिहरुलाई सम्मान गर्दै आएको संस्थाले यो वर्ष मेचीनगर ८ की श्रमिक एकल महिला गिता सहनीलाई सम्मान गरेको हो । शाखाले समाजमा ओझेल परेर पनि सामाजिक कार्यमा टेवा पुर्याउँदै आएका महिलाहरुलाई सम्मान गर्दै आएको छ । सम्मानित व्यक्ति सहनीलाई नगद, सम्मान पत्र र एक थान ब्ल्याङकेट सहित सम्मान गरेको हो । सम्मानित व्यक्तिको सम्मान पत्र पूर्व अध्यक्ष उषा श्रेष्ठले बाचन गर्नु भएको थियो ।

शाखाकी अध्यक्ष सिता पुरीको सभापतित्व तथा मेचीनगरनगरपालिकाकी उपमेयर मिना उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाका पूर्व अध्यक्ष सुनिता पनेरु, तुलसा दंगाल, हाम्रो खबरपाटी डट कमको सम्पादक देबु बानियाँ, सरस्वती प्राविकी प्रधानाध्यापक फुलमाया बराल, पूर्व शिक्षक टिकाराम न्यौपानेले बोलेका थिए । कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु टिका सुवेदी, निवर्तमान अध्यक्ष सुशिला खतिवडालगायतको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक कार्यकारीणी उपाध्यक्ष रेजिना श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव पवित्रा प्रसाईले गर्नु भएको थियो ।


