बाहुण्डाँगी र ११२औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सुर्खेत महिला जेसीज बर्ष २०२२ले आज १ दिने आत्मसुरक्षा तालिम सम्पन्न गरेको छ ।

महिला जेसीजले वीरेन्द्रनगर इत्राममा रहेको श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयका विद्यार्थीहरुकालागि आत्मसुरक्षा तालिम दिएको हो । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको सहयोगमा तालिम सम्पन्न गरेको सुर्खेत महिला जेसीज बर्ष २०२२का अध्यक्ष मनिषा कौशलले जानकारी दिनुभयो ।

आज सम्पन्न कार्यक्रममा ५० जना छात्राहरुको सहभागीता रहेको थियो भने यो कार्यक्रम अझै ५ वटा विद्यालयमा गरिने अध्यक्ष कौशलले बताउनुभयो । तालिमको प्रशिक्षण आठौं साफ खेलकूदमा सितेरियो कराँते तर्फ स्वर्णपदक विजेता ब्ल्याकबेल्ट ४ डन सोना थापाले दिनुभएको थियो ।

